-
झापा-प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सद्दाम हुसेनलाई पक्राउ गरेको छ।
सद्दामलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धाननका लागि थुनामा राखेको छ । सद्दामले आफै पौडेललाई पैसा लिन आउन भनी सोमबार बेलुका गौरीगन्ज बोलाएका थिए ।
मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरी हत्या भएको थियो ।
पक्राउ परेका सद्दामले प्रहरी समक्ष आफुले पौडेलको हत्या गरेको स्वीकार गरेका छन्।
झापाको गौरीगञ्ज गाउपालिका ६ को जुन स्थानमा मंगलबार व्यवसायी खेमराज पौडेलको हत्या भएको थियो सोही स्थानलाई अपराधीहरुले आपराधिक कर्मका लागि सुरक्षित स्थान ठानेका छन् ।
घटना भएकै स्थानको ५० मिटर उत्तरपट्टि आजभन्दा ४ बर्ष अघि झापाको तत्कालिन जुरोपानी गाविस वडा नम्बर ५ निवासी भाइकाजी अधिकारीको समेत हत्या गरेर फालिएको अवस्थामा शब फेला परेको थियो ।
News Desk 0 response बुधबार, भदौ २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
