-
काठमाडौं-संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका बरिष्ठ न्यायाधीश दिपकराज जोशी सर्वोच्चमा हाजिर भएका छन् ।
सोमबार रोलक्रममा जोशी भन्दा पछि रहेका ओमप्रकाश मिश्रको २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली भएपछि सर्वोच्च फर्किने निर्णय लिएका जोशी मंगलबार हाजिर भएका हुन् ।
प्रधानन्यायाधीशले ईजलास तोक्ने परम्परा छ । नव नियुक्त प्रधानन्यायाधीश मिश्रले लामो समय विदा बसेर सर्वोच्च फर्किएका जोशीलाई ईजलाश तोकेनन् । आफ्नो भने पहिलो दिन उनले प्रकाशमान सिंह राउतसँग संयुक्त इजलाश तोकेका छन्।
संसदीय सुनुवाई समितिले शैक्षिक प्रमाणपत्र लगायत विषय विवादित भएपछि प्रधानन्यायाधीशमा अस्वीकृत गरेका जोशी गएको साउन २० गतेबाट लागू हुनेगरी विदामा १५ दिन विदामा बसेका थिए ।
उनले यो विदा राष्ट्रपतिबाट स्वीकृत गराएका थिए । तर, त्यो विदा सकिएपछि उनले बाँकि विदा वर्षभरको भैपरी आउने विदाबाट कटाएका छन् । उनी एक महिना भन्दा लामो समयपछि सर्बोच्च फर्किएका हुन् ।
दोस्रो बरियतामा जोशी
पहिलो बरियतामा रहेका दिपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दोस्रो बरियतामा पुगेका छन् । रोलक्रममा उनी भन्दा पछि रहेका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि उनी बरिष्ठताका हिसाबले दोस्रोमा परेका हुन् ।
News Desk 0 response मङ्लबार, भदौ २६, २०७५
रोकक्रममा मिश्रपछि चोलेन्द्र शमशेर जबरा थिए ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
