• काठमाडौँ, २५ भदौ – केही समयअघि सोसल साइटमा एउटा कालो बच्चाको फोटो भाइरल भएको थियो जसलाई संसारको सबैभन्दा कालो बच्चा बताइएको थियो। तर अब यो फोटोको वास्तविकता सार्वजनिक भएको छ। ह्वाट्सएप र फेसबुकमा भाइरल भएपछि यो बच्चाको जन्म दक्षिण अफ्रिकामा भएको र गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबैभन्दा कालो बच्चाको उपाधि दिएको बताइएको थियो। यतिमात्र होइन, यी बालकलाई संसारको आठौं आश्चर्यसमेत बताइएको थियो।

    वास्तवमा यो कुनै बच्चा नभई ‘पोलिमर क्ले आर्ट’बाट बनेको एक पुतली (खेलौना) हो जसलाई ई–कमर्स वेबसाइट इबेले भ्यालेन्टाइन गिफ्ट–पीसको रुपमा बेचेको थियो। उक्त साइट्समा यस्ता प्रकारका विभिन्न खेलौना छन् जुन ५० देखि ८० डलरमा खरिद गर्न सकिन्छ। यसलाई Ooak baby gorilla monkey Clay Doll   नाम दिइएको थियो। यो विभिन्न मोडल र रंगका छन् । कालो रङलाई देखेर नै यसलाई दक्षिण अफ्रिकाको बताइएको थियो।

    आर्टिस्ट लिलाले बनाएकी हुन् कालो माटोको खेलौनाः

    यो खेलौनालाई आर्टिस्ट लिला पियरसनले बनाएकी थिइन्। उनी भन्छिन्, ‘सन् २००५ मा मैले यसको स्केच बनाउन सुरु गरेकी थिएँ ता कि जनावरप्रति आफ्नो लगाव देखाउन सकूँ। सन् २००६ मा मैले यसलाई अनलाइन बेच्न सुरु गरें त्यसपछि यो चर्चामा आएको हो।

    नेटमा भाइरल भएको बारे पियरसन भन्छिन्, ‘मलाई थाहा छैन कि मेरो आर्टलाई संसारको सबैभन्दा कालो बताएर कसरी भाइरल भयो। जब मलाई थाहा भयो तब निकै रिस पनि उठ्यो र निराशसमेत भएँ।’

    स्मरण रहोस्, पियरसनको वेबसाइट र इबेमा यस्तो प्रकारको सयौं माटोका खेलौना छन्।

    नेट प्रयोगकर्तामा सुरु भएको थियो बहसः

    यो फोटोलाई संसारको सबैभन्दा कालो बच्चा भनेर सबैभन्दा पहिले ट्वीटरमा @NaimHumphrey    ले सन् २०१५ को जून १० मा पोष्ट गरेका थिए। त्यसपछि धेरैजसो नेट प्रयोगकर्ताबीच फोटो सक्कली हो कि नक्कली भन्नेमा बहस चलेको थियो। फोटो भाइरल भएपछि कालो बच्चासँग सम्बन्धित अन्य फोटो पनि सोसल मिडियामा ट्रेन्ड हुन थालेको थियो। धेरैजसो प्रयोगकर्ताले यसलाई नस्लभेदीसमेत भनेका थिए।

    गिनिज बुकले अस्विकार गरेको थियोः

    सोसल साइटमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि यो बच्चाको नाम दर्ता गरिएको भन्ने दाबी गरिएको थियो तर गिनिज बुकले यो खबरलाई खारेज गरेको थियो। गिनिज बुकले भनेको थियो, ‘हामीले आफ्नो अनलाइन डेटा अनुसन्धान गर्यौं, हामीले यस्तो कुनै रेकर्ड पाएनौं। हामीलाई थाहा भएसम्म यस्ता कुनै पनि खबर मिडियाले कभर गरेको पनि थिएन।’