-
काठमाडौँ, २५ भदौ- अष्टज अभियान नेपालले बाँदर आतङ्कलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।
अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा बाँदरका कारण देशका विभिन्न क्षेत्रमा किसान आतङ्कित बनेको र उनीहरु विस्तारै उत्पादनबाट विस्थापित हुन थालेको दुःखद स्थिति पैदा भएको जनाइएको छ । “जल, जमीन, जङ्गल, जडीबुटी, जलवायु, जनशक्ति र जनावरको पहिचान, संरक्षण, सम्वद्र्धन, उत्पादन तथा व्यावसायिक प्रयोगको पक्षमा सक्रिय रहँदै आएको अभियानले यो समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिन सरकार समक्ष आग्रह गरेको छ”– विज्ञप्तिमा भनिएको छ ।
“देशका विभिन्न भागबाट प्राप्त यथार्थ सूचनाका आधारमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ, “उत्पादक तथा कृषकको बाली नष्टदेखि अराजक, आक्रमणसम्मका दृष्टान्तप्रति गम्भीर भई मानव (जनशक्ति) विस्थापन हुन नदिन तथा यसलाई राष्ट्रिय समस्याका रुपमा लिई समाधानको पहल गर्न सरकारसँग माग गर्दछौँ ।”
News Desk 0 response सोमवार, भदौ २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
