-
काठमाडौं-भारतमा फेरि पेट्रोलिम पदार्थको मूल्य बढेको छ । जसले नेपाली बजारलाई समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।
पछिल्लो समय भारतमा पेट्रोलिम पदार्थको मूल्य बढ्दा नेपालमा प्रभाव परिरहेको छ । भारतमा सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यसको विरोधमा २१ वटा विपक्षी दलले भारत बन्दको आह्वान गरेका छन् ।
भारतमा पेट्रोलमा २३ पैसा बढेको छ भने डिजेलमा २२ बढेको हो । भाउ बढेसँगै अब दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य भारु ८० रुपैयाँ ७३ कायम गरिएको छ भने मुम्बईमा प्रतिलिटर पेट्रोलको भारु ८८ रुपैयाँ १२ पैसा मूल्य पुगेको छ ।
यस्तै डिजेलमा पनि २२ पैसाले भाउ बढेको छ । दिल्लीमा डिजेल प्रतिलिटर भारु ७२ रुपैयाँ ८३ पैसा पुग्दा मुम्बईमा ७७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
लगातारमा पेट्रोलिम पदार्थको मूल्य बढाएको विरोधमा कांग्रेससहित विपक्षी २१ दलले भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वान भएसँगै कर्नाटक सरकारले सबै शिक्षण संस्थामा विदा दिएको छ ।
News Desk 0 response सोमवार, भदौ २५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
