• काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीप्रति हार्दिक बधाई तथा शुभकामना ज्ञापन व्यक्त गरेका छन्। ‘नतिजामुखी प्रशासन समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाईंदै गरेको निजामती सेवा दिवस, २०७५ का अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन्।

    निजामती सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको बताउँदै प्रधानमन्त्रीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको उल्लेख गरे। राज्यका नीति, योजना र कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ ।