• काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस भएको छ ।

    संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमा घिमिरेको नाम सिफारिस गरेको हो।

    हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

    तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्बोच्च अदालतले अयोग्य ठहर गरेपछि घिमिरे कार्यवाहकको रुपमा रहेका थिए ।