• काठमाडौं-यातायात ब्यबस्था बिभागले दशैँका लागि बसको अग्रिम टिकट बुकिङ भदौ २४ गतेदेखि खोल्ने तयारी गरेको छ।

    दशैँ मनाउन घर जानेहरुको सहजताका लागि सरकारले एक महिना अघि नै अग्रिम बुकिङ खुल्ला गर्न लागेको हो।

    यातयात व्यवस्था विभागका निर्देशक गोकर्ण प्रसाद उपाध्यायले भदौ २४ गतेबाट टिकटको अग्रिम बुकिङ खुला गर्ने लागिएको जानकारी दिए।

    भदौ २४ गतेदेखि बुकिङ खुला गर्नका लागि भदौ २० गते यातायात व्यवसायीलार्इ छलफलका लागि बोलाएको उपाध्यायले जानकारी दिए।

    बुधबार यातायात व्यवसायीसंग छलफल गर्दैछौ उनीहरुसंग छलफल गरि भदौ २४ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउँछौु उनले भने।

    यातायात व्यवस्था विभागका अनुसार व्यवसायीसंग बसेर कतिवटा काउन्टर कहाँकहाँबाट अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय हुनेछ।सिन्डिकेट खारेज गरेपछि पहिपलोपटक दशैँका लागि अग्रिम बुकिङ खुल्ला गर्न लागिएको हो।