-
काठमाडौं-झापासँग सीमा जोडियाका भारतीय सीमावती क्षेत्रमा अपराधिक क्रियाकलाप बढेसँगै दुबै देखका सुरक्षाकर्मी संयुक्त सीमा गस्तीमा सक्रिय भएका छन्। उक्त सीमा क्षेत्रबाट नक्कली नोट र सुन कारोवार लगायतका अपराधिक क्रियाकलाप बढेको भन्दै दुवै देशका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती अभियानलाई तिब्रता दिएका हुन्।
नजिकिँर्दै गरेका दसैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरी भारतीय सुरक्षाकर्मीको सहकार्यमा सीमा गस्तीलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल, झापा गण नम्बर २ का सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिए।
झापाको मेचीनगरदेखि भद्रपुर नगरपालिका, कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्रमा दिनैपिच्छे गस्ती गरिने प्रहरीले जनाएको छ।
चोरी निकासी, पैठारी तथा अवाञ्छित गतिविधि रोकथामसँगै सीमा स्तम्भको निगरानी समेत बढाइने उनले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त गस्ती टोलीले झापाको भद्रपुर नाकाबाट गस्ती सुरुवात गरेको जनाइएको छ।
सोमबार भद्रपुरको ९४ देखि १०० नम्बर सीमा स्तम्भसम्म संयुक्त सुरु गरिएको छ। टोलीमा वडा प्रहरी कार्यालयको नेतृत्वमा नौ जना, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक हेमराज श्रेष्ठको नेतृत्वमा २३ जना र किशनगञ्ज जिल्ला भातगाउँ ग्रामपञ्चायतस्थित एसएसबीका प्रवीन कुमार हास्देको नेतृत्वमा १५ जना गरी ४७ जनाको टोली रहेको छ।
News Desk 0 response मङ्लबार, भदौ १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
