-
काठमाडौं-उपत्यकामा करिब २५ प्रतिशत क्षेत्रमा मेलम्चीको पानी पुरानै पाइपलाइनबाट वितरण हुने भएको छ। महाराजगञ्जदेखि कलंकीसम्मको क्षेत्रमा वितरण पाइपलाइन बिछ्याउन अझै ठेक्का हुन सकेको छैन।
यो क्षेत्रमा पाइप बिछ्याउन अझै काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन इकाई (पीआईडी)ले बजेट जुटाउन सकेको छैन।
करिब आठ अर्ब रुपैयाँको जोहो एसियाली विकास बैंक (एडीबी)मार्फत् नै गर्ने योजना रहेको बताइएको छ। इकाई प्रमुख तिरेश खत्रीकाअनुसार एसियाली विकास बैंक (एडीबी)सँग ऋणका लागि छलफल भएको छ।
जसलाई एडीबीले २०२०को प्रोजेक्ट पाइपलाइनमा राखेको छ । त्यसका कारण तत्कालै कलंकीदेखि महराजगञ्ज चक्रपथ क्षेत्रभित्रको घर-घरमा नयाँ पाइपलाइन बिछ्याउन नसकिने भएको हो।
सन् २०१९ भित्र टेण्डर निकाल्ने योजना रहेको खत्रीले जानकारी दिए। त्यसपछि कम्तिमा सो क्षेत्रमा पाइपलाइन बिछ्याउन करिब ३ वर्ष लाग्नेछ । यो क्षत्रेमा करि ३ सय किलोमिटर क्षत्रेमा पाइप बिछ्याउन बाँकी छ ।
चक्रपथबाहिरको चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारका लागि अध्ययन हुँदैछ ।
हाल काम भइरहेका क्षेत्रभित्र करिब सय किमिमा पनि पाइप बिछ्याइसकिएको छैन । करिब ६० किमि पाइपलाइनको काम बाँकी रहेको खत्रीले बताए । ठेक्का लागिसकेका ७८० किलोमिटरमध्ये ७२० किलोमिटर क्षेत्रमा मात्रै काम सकिएको छ।
कलंकीबाट त्रिपुरेश्वरतर्फको २ सय किलोमिटर क्षेत्रमा पनि पाइप बिछ्याउने काम बाँकी रहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। थोक वितरण प्रणालीको काम लगभग सकिएको जनाएको छ।
मलेम्चीको नयाँ वितरणलाइन तयार गर्न महाराजगञ्ज, सामाखुशी, कलंकी, पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटार क्षेत्रमा सडक खन्ने काम बाँकी नै रहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयले अर्को चरणमा चक्रपथबाहिर पाइपलाइन विस्तारको योजना बनाएको छ। पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर र कीर्तिपुरमा नयाँ पाइप बिछ्याउनुपर्नेछ ।
News Desk 0 response सोमवार, भदौ १८, २०७५
यस्तै, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटारमा पनि नयाँ पाइप बिछ्याउन अध्ययन भइरहेको छ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
