• काठमाडौं,१५ भदौ-भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन्। शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन्।

    राहुल निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनी नेपाल हुँदै मानसरोबर जाने बताइएको छ।

    बिमस्टेक सम्मेलनमा सहभागी हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएकै बेला विपक्षी दलका नेता समेत रहेका गान्धी नेपाल आइपुगेका हुन् ।