-
काठमाडौं,१५ भदौ –परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दा नेपालले सहयोग गर्ने बताएका छन्। काठमाडौंमा आयोजित बिम्सटेक शिखर सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सो बताएका हुन्।
बिम्सटेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बौद्ध सम्मेलन भारतमा गर्ने बताएका थिए।
उक्त सम्मेलनमा सहभागितका लागि बिमस्टेक सदस्य राष्ट्रहरुलाई पनि आमन्त्रण गरेका थिए। यसलाई कतिपयले बुद्धलाई भारतमा जन्मिएको भन्ने देखाउन सम्मेलन आयोजना गर्न लागेको आरोप लगाएका थिए।
‘नेपालले पटक–पटक अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन गरेकै छ, नेपालले आफ्नो क्यालेन्डरमा यस्ता सम्मेलन भोलिका दिनमा पनि गर्नेछ, अरु देशले पनि गर्नुहुन्छ, बुद्धिजम प्रति अपनत्व विकास हुन्छ भने नेपालले त्यसलाई स्वागत गर्छ’, उनले थपे, ‘नेपाल बुद्ध जन्मेको देश हो, बुद्धिजम विश्व सम्पदा हो ।’
दुई दिन काठमाडौँमा आयोजना गरिएको बिम्सटेकको आजै १८ बुँदे घोषणापत्रसँगै समापन भएको छ ।
News Desk 0 response शुक्रबार, भदौ १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
