• काठमाडौं,१४ भदौ-एसिया कप छनोटको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स युएईले नेपालसामु जितका लागि २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ओभारमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो।

    अदनाम मुफ्तीले नटआउट ५७ रन र ओपनर चिराग सुरीको ६५ रन बनाएपछि युएईले नेपालसामु उच्च स्कोरको लक्ष्य प्रस्तुत गरेको हो।

    तल्लो क्रमका ब्याट्सम्यान अदनानले ४६ बलमा ५७ रन बनाएर युएईलाई बलियो स्थितीमा पुर्याए।

    यसअघि युएईको इनिङ्स समाल्ने क्रममा ओपनर चिरागले ६५ रनको योगदान गरे।

    उनले पहिलो विकेटकालागि ओपनर मोहमद अहमदसंग ७० रनको साझेदारी गरेका थिए।

    त्यस्तै, रामेज साहजादले ३५ रनको योगदान गरेका थिए।

    नेपालका सन्दिप लामिछानेले ४ विकेट लिए। सोमपाल कामी र बसन्त रेग्मीले समान २्२ विकेट लिए।

    एसिया कप छनोटको नजिक पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।