-
काठमाडौं, १४ भदौ-बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक) बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन्।
दिउँसो २ बजेदेखि सोल्टी होटलमा सुरु हुने सम्मेलनमा ओलीले आर्थिक सम्भावना, उर्जालगायत बिमस्टेक सदस्य मुलुकका प्रयास र सम्भावनाका विषयमा बोल्ने छन्।
ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चाले १५–१५ मिनेट सम्बोधन गर्नेछन्।
सम्बोधनका विषयमा बिमस्टेक मन्त्रीस्तरिय बैठकले बुधबार एजेन्डा तयार पारिसकेको छ । काठमाडौं घोषणापत्र तयार भइसकेको छ। त्यसलाई अनुमोदन गर्दै भोली दिउँसो कार्यक्रम सम्पन्न हुनेछ ।
बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीलेसदस्य–मुलुकका कार्यकारी प्रमुखलाई रात्री भोज दिनेछन्।
News Desk 0 response बिहिबार, भदौ १४, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
