-
काठमाडौँ, १३ भदौ – नयाँ मुलुकी संहिता कानूनले मुलुकमा कानूनी राज्य स्थापना गर्नुपर्ने सरोकारवालाले बताएको छ। सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालमा कानूनी अवस्था र नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रियामा उनीहरुले नयाँ कानून अनुसार दैनिक भइरहेका घटनालाई नियन्त्रण गरी कानूनी राज्य स्थापना गर्नुपर्नेमा जोड दिएको हो।
राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले कानूनी राज्य स्थापनाका लागि नयाँ कानून ल्याएको बताए। खराब प्रवृत्तिका मानिसलाई सुधार गर्न नयाँ मुलुकी संहिता कानून ल्याइएको हो भने। गोपनीयतासम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रता र सूचना हकलाई कुण्ठित गर्ने खालको कानून नल्याइएको बताउँदै उनले भने, “सञ्चारमा देखिएका विकृति अन्त्य गर्ने नयाँ कानून ल्याएको हो।”
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईले सञ्चारमाध्यममा विकृति देखिएकाले नियन्त्रण गर्न आवश्यक भएको बताए। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सन्तराम बिडारीले अहिले बनेका नयाँ कानूनमा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने खालका कानून बनेकाले सच्याउनु पर्ने बताए।
News Desk 0 response बुधबार, भदौ १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
