-
काठमाडौं,१३ भदौ-एसिया कप छनोटःएसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बायुमास ओभरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाउन सक्यो।
नेपालको उच्च स्कोरमा सागर पुनले ८३ रन जोडे। यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागरले पहिलो खेलमा शानदार ब्याटिङ्ग प्रदर्शन गरेका हुन्।
ओपनर ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएको खेलमा सुबास खकुरेल ४ रनमा पवेलियन फर्किएका थिए।
पारस खड्का ८ रनमा आउट हुदाँ दिपेन्द्र सिंह ऐरीले मात्र ९ रन जोड्न सके। आरिफ शेख ३६, रोहितकुमार पौडेल शुन्य, सोमपाल कामी ५ रनमा आउट भए।प्रतियोगिताको विजेता एसिया कपकालागि छनोट हुनेछ।
एकदिवसीय क्रिकेटमा ६ पटक ओमानविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले पाँच बर्षयता उसलाई हराउन सकेको छैन । पछिल्ला ६ भेटमा नेपाल र ओमानले समान ३्३ पटक जित निकालेका छन्। नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो।
News Desk 0 response बुधबार, भदौ १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
