-
मेलम्ची १, दोश्रो मेलम्ची नगर स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता यहि कार्तिक १३ देखी सुरु भइ १५ गते मेलम्ची नगरपालिका वडा नं १ भोटेचौर बजारमा सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिका वडा नं १ द्वारा मुल आयोजक समिति गठन गरिएको थियो । दिपक चौलागाई संयोजक रहेको उक्त भलिवल प्रतियोगिताको प्रमुख अतिथिको रुपमा मेलम्ची न.पा.को उपमेयर उमा प्रधान रहनुभएको थियो भने विशेष अतिथिको रुपमा मेलम्ची न.पा. १ को वडा अध्यक्ष कृष्ण मुरारी चौलागाई रहनु भएको थियो ।



१३ वटा टिम सम्मीलित भलिवल प्रतियोगितामा उर्गेन क्षेखोलिङ गुम्बा मेलम्ची ८ ले प्रथम, मेलम्ची ६ तालामाराङले द्धितिय, दुवाचौर सल्ले तृतिय र श्रृजनसिल युवाक्लवले चौथो स्थान हासिल गर्न सफल भएका थिए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, द्धितिय हुनेलाई रु ५० हजार , तृतिय हुनेलाई रु २५ हजार र चौथो हुने खेलाडीहरुलाई रु १० हजार पुरस्कार सहित सम्मान गरिएको थियो । सोही अवसरमा ७ जनालाई विविध विधामा उत्कृष्ठ छनोट हुने खेलाडीहरुलाई थप पुरस्कार सहित सम्मान गरिएको छ ।

मेलम्ची नगरपालिका वडा नं १ सहित अन्य खेलप्रेमी व्यक्तित्वहरुको आर्थिक सहयोग रहेको दोस्रो मेलम्ची नगर स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
News Desk 0 response शुक्रबार, कार्तिक १६, २०८१
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२





