• सिन्धुपाल्चोक । ठुला–ठुला पहाडहरू अनि भिरालो जमिनले भरिएको त्रिपुरा सुन्दरी गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।

    यो गाउँपालिका काठमाडौंबाट ८३.६ कि.मी. उत्तर पूर्व, चौताराबाट ५० कि.मी. पूर्व र बाह्रबिसे बजारबाट २ कि.मी. दक्षिण पूर्वमा रहेको छ । सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भेगमा पर्ने यो गाउँपालिका विकट गाउँपालिकाको रूपमा परिचित छ । 

    यसै गाउँपालिकामा रहेको छ वडा नम्बर ४ पिस्कर जहाँ समग्र पालिकामा जस्तै पहाडी भूभाग, भिरालो जमिन अनि छरिएर रहेका घर बस्तीहरू छन् । पिस्कर सिन्धुपाल्चोकमा मात्र नभएर देशभरि नै एक परिचित गाउँ हो । राजनीतिक दृष्टिमा ठुलो घटनाको रूपमा पिस्कर हत्याकाण्डले पनि यस गाउँलाई परिचित गराएको छ । दोलखा जिल्ला, चोकटी, धुस्कुन, र टेकनपुरसँग सिमाना जोडिएको यस वडामा थामी, नेवार, क्षेत्री र ब्राह्मणको मिश्रित बसोबास रहेको छ । 

    यसै विकट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर गुभाजु गरे के सम्भव हुन्न भन्ने ज्वलन्त उदाहरण बनेका छन्। स्थानीय तहको निर्वाचनको भएको करिब २ वर्ष भइसकेको छ । निर्वाचनको क्रममा भनिएका बाचाहरू अहिले जनताहरूले अनुभूति गर्न पाएका छन् । वडावासीको माग र आवश्यकतालाई मध्यनजर गरी वडामा प्रत्येक घरमा दुई पाङग्रे मोटर जाने पक्की ढलान बाटो निर्माण गरिएको छ । जहाँ सडक सुविधा पुगेको छैन  त्यहाँ सडकको नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।

    अध्यक्ष गुभाजुले एक घर एक धारा र एक घर एक दुई पाङग्रे सवारी बाटो निर्माण अभियान चलाउनु भएको छ । त्यहीँ अभियान अन्तर्गत अहिले प्रत्येक घरमा दुई पाङग्रे सवारी जाने बाटो निमार्ण भएको छ भने बाटो नपुगेको ठाउँमा बाटो पुर्‍याउने काम धमाधम भइरहेको छ । 

    त्यस्तै सम्पूर्ण वडावासीको घर–घरमा धारा निमार्ण गरेर खानेपानी वितरण गरिएको छ । लगभग ९० प्रतिशत धारा हाल्ने काम सम्पन्न भएको छ भने बाँकी भएको काम सम्पन्न हुने क्रममा रहेको छ । त्यस्तै प्रत्येक टोलमा जाने सिँढी बाटो निमार्ण भएको छ। मठ–मन्दिर निर्माण, पुन निर्माण र संरक्षणको काम भएको छ । भने वडामा १२ कक्षा सम्म निःशुल्क शिक्षा र ८ कक्षा सम्मका विद्यार्थीहरू लाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ ।  

    वडामा रहेका स्वास्थ्य चौकीहरू पुन निर्माण र निर्माणको कामहरू पनि धमाधम भइरहेको छ जसले गर्दा वडावासीहरू आफ्नो ठाउँ छोडेर उपचारका लागी अन्यन्त्र धाउनु पर्ने बाध्यता हटेको छ । वडालाई गाउँपालिका भरिकै समृद्ध वडा बनाउन वडा अध्यक्ष टेक बहादुर गुभाजु आफै पनि दिन–रात खटिनु भएको छ । जसले गर्दा नै विकास यति धेरै आधार स्तम्भ हरू बनेका छन् । 

    मूल सडक बाटोहरू हिँउदो वर्षा जति बेलामा पनि यातायात संन्चाल हुने गरेर निर्माण गरिएको छ । जहाँ वर्षायाममा यातायात संचाल हुन कठिनाइ थिए ती ठाउँहरूमा ढलान गरेर पक्की बाटो निर्माण गरिएको छ । जसले गर्दा अहिले वडावासीले सहज रूपमा यातायात सुविधा पाएका छन् ।     

    साथै फोहोरजन्य पदार्थलाई व्यवस्थित गरी वडालाई फोहोर रहित, स्वच्छ, सुन्दर, र हराभरा बनाउन वडा लागि परेको छ । जस अन्तर्गत वडाले टोल–टोलमा डस्विन राखी फोहोरलाई व्यवस्थापन गरेको छ ।