-
काठमाडौँ, १८ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन÷तीन तथा रोल्पामा एक जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । (रासस)
News Desk 0 response शनिबार, कार्तिक १८, २०८०
सम्बन्धित शीर्षकहरु
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु : प्रदिप बान्तवा
शुक्रबार, फाल्गुन २५, २०८०कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन
बिहिबार, फाल्गुन २४, २०८०सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तिव्र गतिमा संन्चालन
बुधबार, फाल्गुन १६, २०८०-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८०
-
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१