-
काठमाडौँ, १ कात्तिक ः त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत् आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)ले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको हो । युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् ।
त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे । नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । (रासस)
News Desk 0 response बुधबार, कार्तिक १, २०८०
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२

