-
काठमाडौँल । दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ ।

सोमबार कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानसँग खरिद गरिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएपछि मूल्य घटाएको स्पष्ट पारे । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संस्थानका उत्पादनमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिएको उल्लेख गरे । अब संस्थानका उत्पादनमा दुधमा प्रतिपाउच दुई रुपियाँ छुट भएको छ । ९७ रुपियाँमा साबिक मूल्य कायम भएकामा अब ९५ रुपियाँ लिटरमा उपभोक्ताले दुध खरिद गर्न सक्ने छन् ।
दही एक लिटरमा २० रुपियाँको छुट दिइएको छ । अब डिडिसीको दही ९० रुपियाँ प्रतिलिटरमा उपभोक्ताले पाउने भएका छन् । पनिर एक किलोमा ५० रुपियाँ, नौनी र घिउमा समान प्रतिकेजी एक सय रुपियाँको छुट दिइने भएको छ । मिठाईमा प्रतिप्याकेट १० रुपियाँ, याक नौनीमा प्रतिकेजी १५, याक चिज एक किलोमा एक सय रुपियाँ छुट दिइने भएको छ ।
सबैभन्दा धेरै छुट टेवल बटर प्रतिकेजीमा दुई सय रुपियाँ छुट दिइएको छ । फ्रेस मिल्कमा एक लिटर २५ रुपियाँ छुट दिइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
News Desk 0 response मङ्लबार, अशोज ३०, २०८०
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२

