-
काठमाडौं । नेपाल वायुसेवा निगमलाई उकास्नका लागि सरकारले पुँजी थपी आवश्यक मात्रामा जहाज थप्नुपर्ने आवश्यकता वोध गरिएको छ । निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले विभिन्न आठवटा क्षेत्रमा अध्ययन गरी सो आवश्यकता वोध गरिएको हो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेका वाणिज्य बैंकहरुलाइ विगतमा थप पुँजी लगानी गरी दिएजस्तै निगमलाई प्रतिस्पर्धीहरुबीच प्रतिस्पर्धी लाभ अवस्थामा पु¥याउन सरकारले पुँजी थपि दिनुपर्ने सुझाव समितिको दिएको छ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको समितिको अध्ययन अनुसार निगमको संचित कुल ऋण रु ४८ अर्ब ३ करोड छ। निगमले कुल ऋणको करिव १० प्रतिशत भन्दा बढीको दरले ब्याज खेपिरहेको छ । यो ऋणभारलाई घटाउन निगमले व्यापार बृद्धि गरी ऋणभार घटाउने र सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
समितिले बजार माग अनुसारको सीट आपूर्ति गर्न निगमले स्टोल, ट्रैक र अन्तर्राष्ट्रिय रुटमा चल्ने जहाजहरू थप्नुपर्ने आवश्यकता अध्ययनले औंल्याएको छ । सरकारले पुँजी थपिदिनेका अलावा निगमको नाममा रहेको सोल्टी होटलको शेयर विक्रि गरेर भए पनि जहाज थप्नुपर्ने सुझाव समितिको रहेको छ ।
सोल्टी होटल लिमिटेडमा रहेको निगमको १ करोड ३ लाख ३३ हजार ६ सय ९९ कित्ता शेयर बेचेर आर्थिक स्रोतको जोहो गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त शेयरको बजार मूल्य प्रतिवेदन तयार गर्दासम्ममा प्रति कित्ता रु।४४३ रहेको छ ।
जसको कूल बजार मूल्य रु ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ हुन आउँछ । सोल्टी होटल लिमिटेडको उक्त शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने सम्भावनालाई समितिले औंल्याएको हो । अहिले शेयरको मुल्य घटेसँगै सोल्टीको शेयरमुल्य पनि घटिसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
News Desk 0 response सोमवार, अशोज १५, २०८०
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१