• मेलम्ची– सिन्धुपाल्चोक जिल्ला बलेफीमा गत भदौ ३० गते ट्यांकरको ठक्करबाट सडक दुर्घटनामा परि मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक नवीन पाण्डेको परिवारलाई नेकपा एमाले मेलम्ची नगरपालिका वडा नम्बर २ को तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    विहिबार १३औं पुण्यतिथिको अवसरमा स्वर्गीय नविन पाण्डेको निवास मेलम्ची नगरपालिका ११ जरायोटारमा पुगी मे.न.पा.२ का वडा अध्यक्ष नगेन्द्र खतिवडा , नगर कमिटी सचिवालय सदस्य विष्णु ढुंगाना, नगर कमिटी सदस्य तथा नगर कार्यपालिका सदस्य गोमा दुलाल, पाटी अध्यक्ष रामप्रसाद खतिवडा, उपाध्यक्ष नर बहादुर तामाङ, उप सचिव मणि प्रसाद खतिवडा, युवा संघ जिल्ला सदस्य रुप बहादुर तामाङ र सुर्यप्रसाद खतिवडाको उपस्थितिमा परिवार कल्याण तथा छोरी निहारिका पाण्डे अध्ययन अक्षय कोषमा नगद रु ५१ हजार १ सय ११ रुपैयाँ जम्मा गरिएको मेलम्ची २ का विष्णु ढुंगानाले जानकारी दिए । स्वर्गीय पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो ।

    स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरिरहेको छ ।

45