• काठमाडौं । चार विश्व कीर्तिमान  राख्दै नेपालले चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष ट्वान्टी २० क्रिकेटमा मंगोलियाविरूद्ध दुई सय ७३ रनको जित निकालेको छ ।

    युवा ब्याटर कुशल मल्लको सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकप्रेरित नेपालले मंगोलियालाई निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

    जवाफी ब्याटिङमा आएको मंगोलियाले १३.१ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो । उसका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेका छैन । दुई खेलाडी शुन्यमा पेभिलियन फर्किएका छन् ।

    नेपालको करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान दुई विकेट लिएका छन् । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा समान एक एक विकेट रह्यो ।

    झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा नेपाल चार विश्व कीर्तिमान सहित जित निकालेको हो ।

    सबैभन्दा ठूलो योगफल बनाउने कीर्तिमान नेपालको रह्यो । तीन सय १४ रनको योगफल ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि देशले बनाएको सबैभन्दा ठूलो योगफल हो । यस अघि अफगानिस्तानले आयरल्यान्डविरूद्ध तथा चेक रिपब्लिकले टर्कीवि?द्ध सन् २०१९ मा २७८ रनको योगफल बनाएका थिए  । जुन रेकर्ड नेपालले पछि पारेको छ । यसैगरी सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान नेपालका कुशल मल्लले राखेका छन् । देब्रे हाते ब्याटर कुशल मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्वरेकर्ड बनाएका हुन् । यस अघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए । जसलाई कुशलले पछि पारेका छन् ।

    अर्काे कीर्तिमान सबैभन्दा छिटो अर्धशतक बनाउने नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी बने । भारतका युवराज सिंहले सन् २००७ मा इङ्ल्यान्डवि?द्ध १२ बलमा बनाएको अर्धशतकको रेकर्ड तोड्दै दिपेन्द्रले कीर्तिमान राखेका हुन् । ऐरीले मात्र ९ बलमा अर्धशतक पुरा गरेका हुन् । यस क्रममा उनले सामना गरेको पहिलो ६ बलमा छक्का गरेका थिए । १९औं ओभरमा लगातार पाँच छक्का प्रहार गरेका थिए ।

    यस्तै सर्वाधिक ठूलो स्कोरले जित निकाल्न सफल भएको छ । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध दुई सय ५७ रनको सर्वाधिक ठूलो जित निकालेको थियो । नेपालले मंगोलियाविरुद्ध सर्वाधिक दुई सय ७३ रनको जित निकालेको छ । 
     

    युवा ब्याटर कुशल मल्लको सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकप्रेरित नेपालले मंगोलियालाई निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

    पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ, फिल्डिङ र ब्याटिङमा कमजोर प्रदर्शन गरेको थियो । नेपाली ब्याटरले सानदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए । फलतः नेपाल टी२० आईकै ठूलो स्कोर बनाउन सफल भयो । मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए । ब्याटिङतर्फ पनि मंगोलियाका कुनै खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।

    तेस्रो नम्बर क्रिजमा आएका कुशल मल्लले कीर्तिमानी सतक बनाएका हुन् । कुशलले ५० बलमा एक सय ३७ रन बनाए । कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए । दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन् । मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए ।

    यसअघि कुशल मल्लले ३४ बलमा सतक बनाए । उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए । कुनै पनि खेलाडीले ३४ बलमा सतक बनाएको पहिलो पटक हो ।

    यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए । कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गराएका छन् । ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए ।

    पाँचौ नम्बर क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले १९औं ओभरमा पाँच बलमा पाँच छक्का प्रहार गरेका थिए । उनले ९ बलमा आठ छक्कासहित ५२ रन बनाए । दीपेन्द्र टी–२० आईमा १० बलमै अर्धसतक बनाउने विश्वको पहिलो खेलाडी बनेका छन् ।

    ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । भुर्तेल १९ र शेख १६ रन बनाएर आउट भए ।

    मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो । यसअघि उसले कुनै पनि फम्र्याटको क्रिकेट खेलेको छैन । मंगोलियापछि नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

45