-
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ । २०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७.४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । २०८० साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले र विकास बैङ्कहरूको ०.२ प्रतिशतले घटेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।
गत साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.१ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.४ प्रतिशत र ६६.६ प्रतिशत रहेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
News Desk 0 response बिहिबार, अशोज ४, २०८०
सम्बन्धित शीर्षकहरु
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था
बिहिबार, जेष्ठ ३, २०८१सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
आइतवार, बैशाख ३०, २०८१-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
बुधबार, जेष्ठ २, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न,..
बिहिबार, जेष्ठ ३, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
आइतवार, बैशाख ३०, २०८१ -
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः..
आइतवार, बैशाख ३०, २०८१ -
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै..
आइतवार, बैशाख ३०, २०८१
-
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी..
बिहिबार, बैशाख २७, २०८१ -
आहा सुन्दरता ! अवश्य पनि रुबी भ्यालीको..
बिहिबार, बैशाख २७, २०८१ -
स्रोत नखुलेको रु ९८ लाखसहित दुई जना..
शुक्रबार, बैशाख २८, २०८१ -
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
मङ्लबार, जेष्ठ १, २०८१ -
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त
बिहिबार, बैशाख २७, २०८१