• पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई प्रधानमन्त्रीलगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।​​​ बिहीवार मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर राष्ट्रिय सम्मान व्यक्त गरेका छन् । यस्तै नेपाली सेनाको टुकडीले सलामी दिएको छ । नेम्वाङको अन्त्येष्टि सरकारले राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । 

    पशुपति आर्यघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए । कांग्रेस सभापति शेरबहादुर देउवा, राजनीतिक दलका नेता र सांसदहरूले पनि नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

    पूर्व सभामुख नेम्वाङको ७१ वर्षको उमेरमा सोमवार राति २ बजे निधन भएको थियो ।