• आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेकोछ।

    शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो।

    शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

45