-
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपालको ‘गेम चेन्जर’ परियोजनाका रूपमा २४ वटा परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । यीमध्ये अधिकांश निर्माणाधीन आयोजना समस्याग्रस्त छन् । तर, सरकारले शुरू गर्न लागेको राष्ट्रिय गौरवको ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ भने सबै विवाद सल्टाएर संन्चालन भएको छ ।

यो परियोजनाको मुख्य उद्देश्य प्रदेश–२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका कुल १,२२,००० हेक्टर जमिनमा बर्षैभरि सिँचाई सुबिधा पुर्याउनु हो ।
सिन्धुली र रामेछापहुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाई तथा ३१ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस आयोजनाले लिएको छ । मन्त्रिपरिषद्को निर्णयले २०७६ माघ ६ गते ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ लाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो ।
सिन्धुली जिल्लास्थित खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पु¥याउने गुरुयोजनामा उल्लेख छ । खुर्कोटबाट सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुली जिल्लास्थित कमलामाई नगरपालिका–२, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ ।

आयोजनाले हालसम्म १०६९७.०२ मिटर सुरुङ खन्ने काम सम्पन्न गरेको छ । अहिले आयोजना अन्तरगतका कामहरु तिव्र रुपमा भैरहेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १६, २०८०
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२


