• सभापति शेरबहादुर देउवाले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

    कोरोना संक्रमितको संख्या २० हजार पुग्न लागेको र ४२ जनाको मृत्यु भएको अवस्थामा लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउनका लागि देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे l

    पीसीआर प्रविधिबाट परीक्षण मात्रै गर्न आग्रह गर्दै क्वारेन्टाइन अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे ।देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन पनिध्यानाकर्षण गराए।

45