• पछिल्लो समय कोरोना संक्रमितको संख्या कम देखिँदै गएपछि नेपालमा संक्रमणको जोखिम कम हुँदै गएको हो कि भन्ने आकलन हुन थालेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा जम्मा ९२३ जना कोरोना संक्रमित थपिएका छन्। तर ३ हजार ६ सय ३२ जना निको भएर घर फर्किएका छन्। अर्थात् कोरोना संक्रमित हुनेभन्दा निको हुने चार गुणा बढी देखिएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘नेपालमा कोभिड-१९ को जोखिम कम हुँदै गएको छ तर मानिसहरूले तोकिएको नियम पालना नगरे फेरि संक्रमण ह्वात्तै बढ्नसक्छ।

    उनले विदेशबाट आएकाहरू सबैलाई क्वारेन्टिनमा राख्न सकिएकाले संक्रमण संख्या कम हुँदै गएको बताए।

45