• सिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक  पुरेको छ  । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् । 

    तानसेन नगरपालिका वडा नम्वर ८ को  गैडेपुल नजिकै माथिबाट  गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक  पुरेको हो ।  

    पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि दिनैभर सडक अबरुद्ध हुन सक्ने पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले बताएका छन् ।  

    त्यहाँको पहिरोका कारण  बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरातर्फ आवत जावत गर्ने  यात्रुवाहक  र मालवाहक  सवारी साधन ठप्प भएका छन् ।

45