• काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् । 
    प्याब्सनका अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफूहरुका माग पुरा नगरेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका छन् । 

45