• स्याङ्जामा पहिरोमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

    मंगलबार बिहान कालिगण्डकी गाउँपालिका ४ स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो। ती मध्ये तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

    मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने ६५ वर्षीय गाविसका पूर्वअध्यक्ष ईमानसिंह राणा, ६० वर्षीय जिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापा छन्।