-
काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको यकिन गर्न १२ वटा ठाउँको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ११ वटा ठाउँको परीक्षण कार्य सकिएको छ।
११ वटा ठाउँबाट एक हजार बढी व्यक्तिको स्वाब परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण पुष्टि भएको महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले जानकारी दिए।
‘हामीले ११ वटा ठाउँको परीक्षण सकेका छौं। तीमध्ये टोखा नगरपालिकाको हरियाली बस्तीका तीन जना स्थानीयलाई संक्रमण पुष्टि भयो। जसमा एक महिला र दुई पुरूष हुनुहुन्छ,’ उनले भने।
पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा संक्रमण पुगेको यकिन गर्न परीक्षणलाई व्यापक बनाएको छ। जसका लागि मन्त्रालयले रोग नियन्त्रण महाशाखालाई जिम्मा दिएको हो।
News Desk 0 response सोमवार, असार २९, २०७७
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
