• मयुर यातायात प्रालिले सोमबारदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ।

    हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।

    ‘लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकैपटक निकाल्न सकिएन। अहिले ६ ओटा गाटी सञ्चालनमा छन्।

    सरकारले असार २६ गतेदेखि जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो। केही यातायात व्यवसायी भने विभिन्न माग राख्दै सेवा दिन नसक्ने बताउँदै आएका छन्।

45