• काठमाडौं । नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा नयाँ संक्रमितबारे जानकारी गराएका हुन् । 

    नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।

45