•  गाउँ गएर के गर्ने ?

    बाल कृष्ण देउजा

    संसारका १७२ वटा मुलुकमा कोरनाको संक्रमण देखिएको छ र अहिले सम्म दुइ लाख पचास हजार मानिसहरु कोरोनाबाट संक्रमित भएका छन । ८० हजार जति मानिसहरु यो रोगको उपचार पछि पुर्णःत निको भएका छन भने १० हजार जनाले ज्यान गुमाउन परेको सुचनाहरु संप्रेषण भएको छ । कोरनाका बारेमा अहिले दुई किसिमका अतिबादी बुझाइहरु हाम्रो समाजमा देखा परेको छ । एक थरी मानिसहरु यसले हामीलाइ छुदैन भनेर बेवास्ता गर्ने र अर्काथरी नेपालका गाउँ बस्तिहरु कोरनाबाट सखाप भएको छ । तर सरकारले समाचार ढाकछोप गरेको मात्र हो भनेर अपबाहा फैलाउनेहरु । कोरना सामान्य रोग होइन र कहिले सम्म यो नियन्त्रणमा आउँछ भन्ने एकिन पनि छैन । शिक्षण संस्थाहरु बन्द भएका छन, मानिसहरुलाइ भिडमा नबस्न सरकारले सुचना जारी गरे पछि शहरबाट दिनहुँ जसो हजारौंको संख्यामा मानिसहरु गाउँ जाँदैछन । यसको मतलब कोरनाको प्रभाब शहरमा पर्ने र गाउँमा नपर्ने भन्ने पनि होइन । शहरको तुलनामा गाउँमा कम भिडभाड र आवत जावत कम हुने भएकाले शहरको भन्दा गाउँको बसाइ कम जोखिमयुक्त हुन्छ भनेर गाउँ फर्कन परेको हो ।
    शहरबाट गाउँ छिरेकाका शिक्षक बिध्यार्थि, सामाजिक तथा राजनैतिक कार्यकर्ताको भुमिका यति बेला अहं हुनु पर्छ । राजनैतिक दलको नेता कार्यकर्ताको काम भनेको भेला बैठक गर्ने र भाषण जोत्ने अनि सामाजिक संघ संस्थाको काम भनेको दातृनिकायबाट पैसा ल्याउने र बिकासका नाममा खर्च गर्ने मात्र होइन । यस्ता संकटमा नदेखिने,  राजनैतिक नेतृत्वको औचित्य छ न त सामाजिक कार्यकर्ताको नै ? यो संकटको बेलामा सबै राजनैतिक तथा सामाजिक कार्यकर्ता, शिक्षक बिध्यार्थि र सवै स्वस्थ्यकर्मीहरु, कोरना बाट आफु पनि बच्ने र अरुलाइ पनि बचाउने कार्यमा जुट्नु पर्छ ।
    भाग्यमानी देखेर र अभागि परेर चेत्छ भन्ने हाम्रो उखान त्यसै बनेको होइन । अहिले पनि कोरनाका बारेमा हसि मजाक गरेर हामीलाइ पसुपतिनाथले जोगाउँछन । धुलो धुँवा पचाउने बानी परेका हामी नेपालीलाइ कोरनाले छुँन सक्दैन । नेपालको आकाशमा उडेको धुलो देखेर सिमा बाटै कोरना फर्कन्छ भन्ने गरेको सुन्दा अचम्म लाग्छ । भए पछि त भै नै गयो नि ! केहि समय अघि कोरनाको संक्रमण देखिने बित्तिकै इटलीको सरकारले देशै लकडाउन गर्रयो । त्यो लकडाउनलाइ लिएर त्यहाँ ठुलो बिरोध भएको थियो । युरोपियिन मुलुकहरुले चिनमा भएको लकडाउनको बिरोध गरेका थिए । आज के भयो ? इटालिमा लास गाड्ने ठाउँ नभएर उनीहरुको संस्कार बिपरित जलाउन थालेका छन । लासहरु राख्ने ठाउँ छैन लास ओसारपसार गर्न सेनाहरु परिचालन गर्नु पर्ने भयो । जनताले बेलैमा साबधानी नअपनाएकाले मात्र यो अबस्था आएको हो भन्न त नमिल्ला तर पनि सरकारले गरेको लक डाउनलाइ समेत बेवास्ता गरेको कुरा नकार्न मिल्दैन । गाउँघरमा ठुलो संख्यामा पसुपालन गर्ने र गाइबस्तु लगायतका कुकुर, बिरालो, अन्य जनाबर र पसुपंक्षिहरु सँग धरैजसो सँगै रहनु पर्ने बाध्यता सबैलाइ छ । अहिले पनि बस्तुको धन्दा गरी सके पछि पनि साबुन पानीले हात धुनु पर्छ भन्ने ज्ञान छैन । कतिपय ठाउँमा त दिशा गरेपछि साबुन पानीको सट्टामा माटोमा हात दलेर पानीले पखाल्ने चलन छ । साबुनले धोए पनि प्रयाप्त मात्रामा समय लिएर हात धुने गरिंदैन ।
    कोरानाबाट बच्न अपनाउनु पर्ने साबधानीका बारेमा गाउँमा एकातिर सुचनाको कमी छ अर्कातिर सुनेर पनि नसुने जस्तो गरी अटेर गर्ने बानी पनि हाम्रो समाजमा छ । सम्झाउँदा पनि तिमीहरु सुरक्षित हौ न, मलाइ त केहि हुँदैन भए पनि, म त उमेर पुगेको मान्छे त हो ! यस्ता कुरा त गाउँमा कति सुनिन्छ कति । त्यसैले हामीले करोना सरुवा र महामारीको रुपमा फैलने रोग हो भनेर सम्झाउनु पर्ने अवस्था छ । तसर्थ यस्ले पार्न सक्ने प्रभाब, यसबाट हुन सक्ने सम्भाबित क्षेती र साबधानीका उपायका बारेमा सिंगो समुदायलाइ सचेत गर्नु जरुरि छ । स्थान्ीय सरकार जो जनता सँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । उस्को भुमिका यतिबेला के हुन्छ ? सवैले हेरी रहेका छन । आज कोहि बोल्दैन तर मूल्याँकन भैरहेको हुन्छ यसको फैसला ऐन मौकामा जनताले गर्छन नै । यति बेला स्थानीय सरकारले कोरनाका लागि आपतकालिन बजेट बिनियोजन गर्नु पर्छ । यसबाट अहिल्यै देखि सेल्फ क्वारेण्टाइन र सके सम्म अस्थाइ उपचार कक्षको प्रबन्ध गर्न थाल्नु पर्छ । स्वास्थ्य कर्मिहरुलाइ कोरना भाइरसको लक्षण, प्रभाब र साबधानीका उपायहरुका बारेमा जानकारी गराउनु पर्छ ।
    मास्कको बितरण र स्यानीटाइजरको प्रयोग गर्ने, ह्याण्ड वास सेन्टरहरु राखेर सन्देश प्रबाह गर्ने कामको थालनी गर्न ढिला भै सकेको छ । जनप्रतिनिधको काम हैकम चलाउने र आदेश दिने मात्र होइन । उ, जनताको सच्चा सेवक पनि हो भन्ने कुरा जनताले बुभ्mने बेला हो यो । भुकम्पका बेला नेताहरु कहाँ थिए अहिले सम्म पनि प्रश्न गर्छन । समयमा ध्यान नदिने हो भने कोरनामा कहाँ गइथ्यौं भनेर सोध्दा के जवाफ दिने भनेर उत्तर पुस्तिका तयार पानु पर्ने हुन्छ । नागरीकको भुमिका पनि उत्तिकै छ यति बेला बजारमा सामान लुकाउने होड चलेको छ । औषधिहरुको मूल्य औषधिपसलेहरु आफैं टासेर बेच्न थालेको कुराले सामाजिक सञ्जाल भरिएको छ । मुलुकमा संकट आएका बेला कृतिम अभाव सिर्जना गर्नु भनेको थप संकट निम्त्याउन सहयोग गर्नु हो । यस्ता कार्य स्वयं नागरीकले बुझेर बन्द गर्नु पर्छ र अटेर गर्नेलाइ कार्वाहीको दायरामा ल्याउनु पनि पर्छ ।
    प्रत्यक घर परिवारलेले आवश्यक परेका बेला प्रयोग गर्न सक्ने गरी क्वारेनटाइनका लागि कम्तीमा एउटा कोठा खाली गर्ने, शौचालयको प्रवन्ध मिलाउने, खानेकुराको जोहो गर्नु पर्छ । क्वारेण्टटाइनमा बस्नु पर्ने हुन सक्छ भन्ने कुरालाइ पनि हेक्का राख्दै औषधि, खान पिन, सफा भाडाकुडाको जोहो गर्नु उपयुर््क्त हुन्छ । हरेक टोल छिमेकमा भएका खाली घरहरु सफा गर्नु पर्छ र आबश्यक पर्दा कोहि कसैले कुनै पनि बेला प्रयोग गर्न सकियोस भनेर बन्दोबस्त मिलाउनुका साथै सिंगो समुदायकालागि सावधानी सम्बन्धी सचेतना फैलाउने काममा लागौं र गाउँको बसाइलाइ फलदायी बनाऔं ।

45