• काठमाडौँ । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको हो ।

    जीतका लागि मेलबर्नले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेकोमा होबार्टले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ११ रन बनाउन सक्यो ।
    मेलबर्नलाई जीत दिलाउन ह्यारिस राउफले ५ विकेट लिए । त्यस्तै, ग्लेन म्याक्सवेल र एडम जाम्पाले २–२ विकेट लिए ।

    ३ ओभर बलिङ गरेर १८ रन खर्चेका सन्दीपले क्यालेब ज्वेलको महत्तवपूर्ण विकेट लिए ।

    यसअघि पहिलो ब्याटिङ गरेको मेलबर्नका लागि मार्कस स्टोइनिसले विस्फोक ब्याटिङ गर्दै नटआउट रहेर ५४ बलमा ८१ रन बनाएका थिए । ४० रन बनाएका निक म्याडिसनसँग मिलेर उनले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।

    मेलबर्नले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनायो ।

    पहिलो खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हराएको थियो । दोस्रो जीतसँगै मेलबर्न ४ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

    यता, सन्दीपले दुई खेलमा दुई विकेट लिन सफल भएका छन् ।

45