• काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अस्पतालको शैय्याबाटै ट्वीट गर्र्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिएका छन् । उनले शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् ।

    उनले लेखेका छन्,

    बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

45