-
नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल नेपाली महिला भलिबल टोली सुक्रबार अपरान्ह ४ः०० बजे स्वदेश फकँदै छ । नेपाल भलिबल संघले महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर भब्य स्वागत गर्ने तयारी गरेको छ । संघले टोलीलाई सुक्रबार साँझनै रात्री भोजको समेत ब्यवस्था गरेको जनाएको छ ।
बंगलादेशको ढाकामा बिहिबार नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपाल फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो । भलिबलमा नेपालको यो ऐतिहासिक उपाधि हो । नेपाली भलिबलले ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा पहिलो पटक स्वर्ण पदक जितेको हो । नेपालले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभा) बाट मान्यता प्राप्त ठूलो प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो पटक हो । नेपालले सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको थियो ।
नेपालले यसअघि सन् २०१४ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा रजत पदक जितेको थियो । नेपालको पुरुष भलिबल टोलीले भने तीन बर्षअघि माल्दिभ्समा भएको तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जितेको थियो । पाँच देश सहभागी यस च्याम्पियनसिपमा नेपालले लिग चरणका सबै खेलमा शतप्रतिशत जित निकालेको थियो । अपराजित रहँदै उपाधि जित्ने क्रममा नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।
News Desk 0 response शुक्रबार, कार्तिक २९, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
