• दोश्रो हाफमा ७ मिनेटभित्र लगातार ३ गोल खाएपछि बार्सिलोना लेभान्टेसँग ३-१ गोलले पराजित भएको छ।

    शनिबार स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोनाले खेलको ३८ औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

    बार्साले बनाएको १-० को अग्रतालाई लेभान्टेले ६१, ६३ र ६८ औं मिनेटमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। यी गोलहरू क्रमशः जोसे काम्पाना, बोर्खा मायोरल र नेमानिया राडोयाले गरेका थिए।

    हारपछि पनि बार्सिलोना २२ अंकसहित लिगको शीर्ष स्थान रहेको छ।

45