• प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने भएको छ।

    यसअघि गत बुधबार र बिहीबार दुई पटक मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओली आइतबार तेस्रो पटक डायलासिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका हुन्।

    निबार बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले शनिबार र आइतबारमा एक पटक डायलासिस गर्नु पर्ने जानकारी गराएका थिए।

    सचिवालय बैठक १ घन्टा बसेपछि आइतबार बस्ने गरी स्थगित भए पनि अहिलेसम्म बैठकको समय तय भएको छैन।

    प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक भने ११ बजे बलुवाटारमा बोलाएका छन्।

45