• काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । बडादसैं, तिहार तथा छट पर्वका अवसरमा गरिएको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । 

    चियापानका लागि छुट्याइएको भृकुटीमण्डप बगैचामा कार्यक्रम स्टेज, चियापान क्षेत्र, सांस्कृतिक कार्यक्रम स्टेज बनाइको छ । 

    कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित भएका छन् ।

    दिउँसो १२ बजेदेखि ३ बजेसम्म नेता कार्यकर्ताका लागि चियापानको व्यवस्था गरिएको छ भने ३ बजेपछि कुटनीतिक नियोगका अधिकारीका लागि चियापानको व्यवस्था गरिएको छ । कुटनीतिक नियोगका पदाधिकारीका लागि छुट्टै कार्यक्रम स्थल बनाइएको छ ।