-
फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ ।
मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा बाजी मारेका हुन् । यससँगै मेम्सीले फिफा अवार्ड सर्वाधिक जित्ने खेलाडीको नयाँ किर्तिमान पनि रचेका छन् । छैटौं पटक अवार्ड जितेका मेस्सीले यसअघि रोनाल्डोसँगै पाँच पटक यस अवार्ड जितेका थिए । मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए ।
फिफाले मनोनयनको शीर्ष तीनमा रहेका मध्येबाट फिफामा आवद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कम मार्फत विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दै आएको छ । मेस्सीले सबैको मतका आधारमा औसत ४६ अंक, भानडाइकले ३८ अंक र रोनाल्डोले ३६ अंक पाएका थिए ।
यसैगरी फिफा उत्कृष्ट बर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोप र महिला प्रशिक्षकको अवार्ड अमेरिकाकी जील एल्लिसले जितेका छन् । क्लोपले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र टोट्टनहामका माउरिसिओ पोचेटिनोलाई पछि पारेका थिए । उत्कृष्ट महिला खेलाडीको अवार्ड अमेरिकाकी मेगान रापिनोले जिनित् । उनले अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पारेकी थिईन् ।
यसैगरी बर्ष २०१९ को फिफा पुकास अवार्ड रोमानियाका डेनियल जसोरीले पाए । उत्कृष्ट पुरुष गोलरक्षक लिभरपुलका एलिसन बेकर र महिला गोलरक्षक अवार्ड नेदरल्यान्ड्सकी सारी भान भीनेनडालले जिते । फिफा फ्यान अवार्ड सिल्भिया ग्रेकोले हात पारे । फिफा फेयर प्ले अवार्ड मार्सेलो बिलसालाई प्रदान गरिएको छ । फिफाले इटालीको मिलानमा आयोजित भब्य समारोहमा विभिन्न विधाको अवार्ड प्रदान गरेको थियो ।
News Desk 0 response मङ्लबार, अशोज ७, २०७६
सम्बन्धित शीर्षकहरु
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल नियुक्त (फोटोफिचर)
सोमवार, बैशाख ३, २०८१जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस एवं ७१औँ वार्षिकोत्सव (फोटोफिचर)
सोमवार, चैत्र २६, २०८०चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु : प्रदिप बान्तवा
शुक्रबार, फाल्गुन २५, २०८०कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन
बिहिबार, फाल्गुन २४, २०८०-
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८० -
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तिव्र गतिमा संन्चालन
बुधबार, फाल्गुन १६, २०८०
-
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागले मनायो सिँचाइ दिवस..
सोमवार, चैत्र २६, २०८० -
चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने छु..
शुक्रबार, फाल्गुन २५, २०८० -
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको..
बिहिबार, फाल्गुन २४, २०८० -
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तिव्र गतिमा संन्चालन
बुधबार, फाल्गुन १६, २०८०