• काठमाडौं । बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द छुटेका छन् ।
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले , पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएको कुरा बताए।

    चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा प्रकाशसहित केही विद्यार्थीहरु पनि पक्राउ परेका थिए ।

    प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।