• काठमाडौं । सडक विभागले समयसीमा तोकेरै काठमाडौंबाट बाहिरी र भित्रिने यात्रुको सहजताका लागि राजमार्गहरुको सुधार गर्ने भएको छ । 

    असोज पहिलो हप्ताभित्र काठमाडौँबाट बाहिरीने भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै सडक विभागले दसैंमा घर जाने यात्राका लागि सडक सुधार गर्न लागिएको जनाएको छ । साथै काठमाडौँ उपत्यकाको सडक दशैं अगाडि मर्मतसमेत गरिने पनि विभागले जनाएको छ ।

    निर्माणाधीन सडकबाहेकका उपत्यकाको सडकमा धेरै सुधार गरिएको विभागको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।