• दमक । झापाको चन्द्रगढी विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम शुक्रबारदेखि सुरु भएको छ । १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण अवस्थामा रहेको थियो । 

    १० करोड २३ लाखको लागतमा धवनमार्गको स्तरोन्नतिको काम सुरु भएको हो। शुक्रबारदेखि असोज ४ गतेसम्म उडान समय तालिका परिवर्तन भएको नागरिक उडड्यन कार्यालय चन्द्रगढीका प्रमुख पूर्ण चुडालले बताए । 

    १२ वर्षपछि पहिलोपटक धावनमार्गको स्तरोन्नतिको काम सुरु भएको बताइएको छ । स्तरोन्नतिसँगै उडानसमेत थपिने र विमानस्थलको पार्किङसमेत बढ्ने बताइएको छ । धावनमार्गको दुइवटै छेउमा mकालोपत्रेसमेत थप हुने चुडालले बताए। ‘दुइतर्फी अढाइमिटर कालोपत्रे थप हुने छ ।’ चुडालले भने ।

    रात्रिकालीन सेवासमेत सुरु भइसकेको अवस्थामा यो स्तरोन्नतिले यसलाई क्षेत्रीयस्तरको विमानस्थलका रूपमा विकास गर्न सकिने पूर्वाधार निर्माण हुनेसमेत बताइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।