• काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । तेलमा मूल्यमा गिरावट आउनुको कारण ओपेक र रुसले बढाएको तेल उत्पादन रहेको विज्ञहरू बताउँछन् । 

    अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार मङ्गलवार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दुई प्रतिशत गिरावट आएको  हो । 
    अमेरिकी कच्चा तेल सीएलसी एक दशमलव ८० डलरले घटेर ५३ दशमलव ३० प्रतिब्यारेल डलर पुगेको छ । जुन झन्डै ३ दशमलव २७ प्रतिशत हुन्छ । 

    त्यस्तै ब्रेन्ट क्रुड एलसीओसी पनि १ दशमलव २८ डलरले घटेर ५७ दशमलव ३८ डलरमा झरेको छ । जुन २ दशमलव १८ प्रतिशत हुन्छ । रुसले गत अगष्ट महिनामा तेल उत्पादन प्रतिदिन १ करोड १२ लाख प्रतिब्यारेल उत्पादन गरेको अन्तर्राष्ट्रिय समाचाहरुमा उल्लेख छ । 

    यसरी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आए पनि यसको असर नेपालमा तत्काल नदेखीने जानकारहरू बताउँछन् ।