• काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा दुईजना झुन्डिएको अवस्थामा फेला परेका छन् । भण्डारखाल जंगलको एउटै रूखमा एक पुरुष र एक महिलाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    आत्महत्या गर्नेमा खोटाङको दिक्तेल नगरपालिका–१० का ४० वर्षीय जय गिरी र खोटाङकै यांखा गाउँपालिका– ५ की उमिता दमाईं रहेका छन् । गिरी काठमाडौंको बाँसबारी बस्दै आएका थिए भने उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ ।

    आत्महत्याको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।