• चीनका राजदुत होउ यान्की र अर्थमन्त्री डा. युवराज खतिवडा  बीच मन्त्रालयमा भएको   भेटघाटमा चिनीया कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरेको छ  । 

    भेटका क्रममा तत्कालका लागि काठमाडौं ( कोदारी, काठमाडौं ( रसुवागढी र कोरला नाका मार्फत आवागमन आवद्धता बढाउने विषयमा छलफल भएको थियो ।  

    भेटघाटका अवसरमा काठमाडौं चक्रपथको दोस्रोचरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनीया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने बारेमा समेत छलफल भएको छ । 

    त्यसैगरी अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका महामहिम राजदूत एम.एस. भिरोनिका कोडी बीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भई नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भयो । भेटका क्रममा महामहिम राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा बताए । 

    यसै क्रममा  अर्थमन्त्री खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तर्रा्ष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिए ।